काठमाडौंः नेपाल बङ्गलादेशको राजधानी ढाकामा भएको साभा यू–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
बिहीबार भएको खेलमा नेपाल बङ्गलादेशसँग २६–२४, २५–२२, २५–२१ ले हरायो । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।
नेपालले च्याम्पियनसिपको दोस्रो खेल शक्रबार श्रीलङ्का र अन्तिम खेल शनिबार किर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिप ११ पौषसम्म चल्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया