असार ३०, २०८२ सोमबार July 14, 2025

अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः महिलाको स्वतन्त्रतामा दमन गर्ने एक पछिल्लो कदममा अफगानिस्तानको तालिबान सरकारले शनिबार महिला कर्मचारीहरूलाई कुनै पनि विदेशी र स्थानीय गैर–सरकारी संस्था (एनजीओ) मा काम गर्न प्रतिबन्ध लगाएको छ । अर्थ मन्त्रालयको पत्रमा उक्त प्रतिबन्ध उल्लेख छ ।

अर्थ मन्त्रालयका प्रवक्ता अब्दुलरहमान हबिबले पत्रको पुष्टि गरेका छन् । केही कर्मचारीहरूले महिलाहरूको लागि इस्लामिक ड्रेसकोड पालना गर्न असफल भएकाले महिला कर्मचारीहरूलाई अर्को सूचना नभएसम्म गैरसरकारी संस्थाहरूमा काम गर्न अनुमति नभएको पत्रमा उल्लेख छ ।

Taliban ban women from working for domestic, foreign NGOs - RMOToday.com

 

अफगानिस्तानमा ठूलो संख्यामा रहेको संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई पनि यो आदेश लागू हुन्छ कि हुँदैन भन्ने विषय भने स्पष्ट छैन । यसअघि तालिबानले महिलालाई विश्वविद्यालयमा प्रतिबन्ध लगाएको थियो ।

Taliban ban women from working for domestic, foreign NGOs

यसअघि तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका थिए  ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको थियो ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार