श्रावण ७, २०८२ बुधबार July 23, 2025

नेपाल टेलिकमले शेयरधनीलाई प्रति शेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का शेयरधनीले प्रतिशेयर ४० रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको ९६७औं बैठकले कम्पनीको मुनाफा रकममध्येबाट शेयरधनीलाई प्रति शेयरका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो निर्णयलाई आगामी पुस २८ गते बस्ने टेलिकमको १५औं वार्षिक साधारणसभामाले पारित गर्ने बताइएको छ ।

त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूची उपर छलफल गरी पारित गर्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० का लागि लेखा परीक्षकसमेत नियुक्त गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया