असोज १८, २०८३ आइतबार October 4, 2026

क्यान महासंघमा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको महासंघको १४औं महाधिवेशनले ४३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

यसअन्तर्गत अध्यक्ष र केही विधागत सदस्य सर्वसम्मत रुपमा चयन गरिएको थियो केहीमा मतदात गरिएको थियो । निर्वाचित सबै सदस्यले शनिबार नै शपथ ग्रहण गरेका छन् ।

शपथपछि टेकपानासँग बोल्दै नवनिर्वाचित अध्यक्ष पौदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताए । ”यसपटक अधिकांश सदस्य पदमा सर्वसम्मति जुटाइएको छ । अब सहमतिमै पदाधिकारी चयन गर्छौँ,” उनले भने, ”क्यान महासंघमा विभिन्न सेक्टरबाट प्रतिनिधित्व हुने भएकाले सबै साथीहरुको कुरा सुनेर अघि बढ्छु ।”

गर्न सकिने कामलाई मात्र प्राथमिकता दिने र गर्न नसकिने कामको कुरै नगर्ने उनको भनाइ छ । ”साझा रुपमा एउटा निचोड बनाएर अघि बढ्ने हो । गर्न नसकिने काममा समय खर्चिने छैनौं,” उनले भने ।

अघिल्लो कार्यसमितिको तीन वर्षे कार्यकालमा सन्तोषजनक काम हुन नसकेको स्वीकार्दै उनले भने, ”तीन वर्षमा दुई वर्ष त कोभिड महामारीकै कारण काम गर्न सकिएन । यही कारण केही पछि परेजस्ताे देखिएकाे छ । नयाँ कार्यसमिति एक ढिक्का भएर बाँकी रहेका काम पूरा गर्दै स्पष्ट योजना बनाएर अघि बढ्छ ।”

नयाँ कार्यसमितिको नामावलीः

 

 

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव
२०८३ असोज १८, आइतबार
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार