श्रावण २, २०८२ शुक्रबार July 18, 2025

टि ट्वान्टी क्रिकेट लिग : फार वेस्ट युनाइटेड विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइटसलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

यसअघि भएको पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टार्ससँग ६७ रनले पराजित भएको थियो । काठमाडौँले दिएको ९९ रनको लक्ष्य फार वेस्टले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर पूरा गर्यो ।

फार वेस्टको जितमा कप्तान हस्मतुल्लाह साहिदीले अविजित ५० रनको योगदान दिए । उनले ४९ बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ५० रन जोडेका हुन् । त्यसैगरी देव खनालले १७ रन जोड्दा भीम सार्कीले ११ रन बनाए । विनोद भण्डारीले चार तथा उमर अलीले एक रन जोडे ।

बलिङतर्फ काठमाडौँ नाइटसका अनिल खरेलले दुई विकेट लिए भने अविनाश बोहोरा, बसिर अहमद, अजमतुल्लाह उमरजाइ र रायन बुर्लले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९८ रन बनाएको थियो ।

काठमाडौँका लागि एलेक्स ब्लेकले सर्वाधिक ४५ रन जोड्नेबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १३ रन जोड्दा सन्तोष कार्कीले १२ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ फार वेस्टका उमर अली एक्लैले तीन विकेट लिए भने भुवन कार्की र हस्मतुल्लाह साहिदीले समान दुई/दुई विकेट लिए । त्यस्तै शेर मल्लले एक विकेट लिए । यता काठमाडौँको भने यो पहिलो हार हो ।

यसअघि भएको पहिलो खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन् । प्रतियोगितामा छ टोलीको सहभागिता छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार