श्रावण २, २०८२ शुक्रबार July 18, 2025

युनाइटेड प्रिमियर लिग : लेस्टर सिटीलाई ३-० ले पराजित गर्दै न्युक्यासल दोस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युक्यासल युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति पहिलो हाफमा गरेको तीन गोल नै न्युक्यासललाई जितको आधार बन्यो ।

जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३औं स्थानमा रह्यो ।

विश्वकप पछि समेत न्युक्यासल पुरानै लयमा फर्किएको छ । प्रिमियर लिगमा न्युक्यासलको अपराजित यात्रा छैटौ खेलमा पुगेको छ । १० वर्ष अघि एलान वार्डेवको प्रशिक्षणमा न्युक्यासलले पाँचौ स्थानमा लिग टुंगाएको थियो । यस वर्षमात्रै २१ खेल जितेको थियो । सन् १९९५ मा न्युक्सासलले २३ खेल जितेको थियो । सन् १९९५–९६ मा दोस्रो भयो ।

किङ पावर मैदानमा भ्रमणकारी टोली न्युक्यासलले सुरुवातै अग्रता बनाउन सफल भयो । क्रिस वूडले पाएको पेनाल्टी सदुपयोग गर्दै तेस्रो मिनेटमा गोल गरे । सातौंं मिनेटमा म्यागुएल एलमोरोनले दोस्रो गोल थपे । ३२औं मिनेटमा जोइलिन्टोनले तेस्रो गोल गरेका थिए ।

सोमबार रातिका अन्य खेलमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१, उल्भ्सले एभर्टनलाई २–१ र फुलहमले क्रिस्टल प्यालेसलाई ३–० ले हरायो । ब्रेन्टफोर्ड र टोटनहमले २–२ गोलको बराबरी खेलेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार