असार ३०, २०८२ सोमबार July 14, 2025

इरानमा सरकारविरोधी प्रदर्शनको सय दिन पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इरानमा १९७९ इस्लामिक क्रान्तिपछिको सबैभन्दा लामो सरकार विरोधी प्रदर्शनले शासनलाई हल्लाएको छ तर जनताले भने ठूलो मूल्य चुकाउनु परेको छ । सरकार विरोधी प्रदर्शन १०० दिन पुगेको छ । प्रदर्शनका क्रममा ठूलो मानवीय क्षति भएको छ ।

प्रदर्शनका क्रममा ६९ बालबालिकासहित ५०० जनको मृत्यु भएको मानवअधिकार अभियन्ताको समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ । दुई प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ र कम्तिमा २६ अन्यले उस्तै नियतिको सामना गरिरहेका छन्, जसलाई एम्नेस्टी इन्टरनेसनलले ‘लज्जस्पद मुद्दा’ भनेको छ ।

यद्यपि, यसअघि सन् २०१७ र सन् २०१९ मा भएका राष्ट्रव्यापी प्रदर्शनहरूले इरानमा यसअघि पनि प्रभाव पारेको तर  जारी प्रदर्शन अद्वितीय भएको बताइन्छ  किनभने  प्रदर्शनमा समाजका विभिन्न वर्ग र समुदायका मानिसहरू समावेश छन् ।  महिलाहरू ‘महिला, जीवन, र स्वतन्त्रता’ नाराअन्तर्गत प्रदर्शनमा देखिएका छन् । केही इरानी सेलिब्रेटीहरूले विरोध प्रदर्शनलाई समर्थन गर्न अपरिवर्तनीय कदमहरू चालेका छन्, जसले उनीहरूलाई गिरफ्तार वा निर्वासनमा पु¥याएको छ ।

प्रख्यात इरानी अभिनेत्री तरानेह अलिदुस्तीले एक युवा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएकोमा निन्दा गरेपछि उनलाई कुख्यात इभिन जेलमा राखिएको छ । यसअघि, उनले अनिवार्य बुर्का बिनाको आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार