असोज २१, २०८३ बुधबार October 7, 2026

चोरी भएको वा हराएको फोनको लाइभ लोकेशन पत्ता लगाउने सजिलो तरीका (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सबैभन्दा कठिन समय त्यो हो जब कसैको फोन हराउँछ वा चोरी हुन्छ तर उसलाई कसरी फोन ट्र्याक गर्ने भन्ने थाहा हुँदैन्। यदि तपाइँले पनि यस्तै समस्याको सामना गर्नु भएको छ वा यस्तै समस्याले घेरिनु भएको छ भने आज हामी तपाइँलाई तपाइँको हराएको फोन एन्ड्रोइडमा कसरी ट्र्याक गर्न सकिन्छ भन्ने बताउनेछौँ।

आउनुहोस् जानौं कसरी

फोनको आईएमईआई (IMEI) नम्बर धेरै महत्त्वपूर्ण छ। यस मार्फत तपाईले आफ्नो हराएको फोन फिर्ता पाउन सक्नुहुन्छ। यसका लागि तपाईले आफ्नो फोनको आईएमईआई नम्बर थाहा पाउनुपर्छ। अब फोन हरायो भने नम्बर कसरी थाहा हुन्छ।

यो नम्बर फोनको बक्समा पनि पाउनुहुनेछ भने तपाईँले फोन किन्दा लिएको बिलमा समेत लेखिएको हुनेछ।

मोबाइल ट्र्याकर पनि काममा आउनेछ:

मोबाइल ट्रयाकरले तपाईंलाई धेरै मद्दत गर्न सक्छ। यदि तपाईंलाई आईएमईआई नम्बर थाहा छ भने, तपाईंले मोबाइल ट्र्याकर एप प्रयोग गरेर हराएको फोनको स्थान वा लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ। तपाईको फोन चोरले स्वीच अफ गरेको भए पनि तपाईले यो नम्बरमार्फत फोन कहाँ अन थियो भनेर पत्ता लगाउन सक्नुहुनेछ।

एप इन्स्टल गर्नुहोस्:

तपाईंले गुगल प्ले स्टोरबाट फोन ट्र्याकर एप डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि यसमा आईएमईआई नम्बर राखेर फोनको लोकेसन जानकारी पाउन सकिन्छ। तपाईले मेसेज मार्फत फोनको स्थान बारे जानकारी पाउनुहुनेछ। कृपया यो नम्बर पुलिसलाई पनि दिन सक्नुहुन्छ। प्रहरीले त्यसबाट फोन पनि ट्रेस गर्न सक्छ।

How to Stop Your Phone From Tracking Your Location | Time

के फोन सित्तैमा ट्र्याक गर्न सकिन्छ?

हो, एप्पल र एन्ड्रोइड फोनहरू दुबैमा कम्पनी निर्मित फाइण्ड माई (Find My)  नामक सेवा मार्फत ट्र्याक गर्न सकिन्छ। यसले तपाइँलाई तपाइँको खातामा लिङ्क गरिएका फोनहरू ट्र्याक गर्ने क्षमता दिन्छ। यो सेवा नि:शुल्क छ। यसका लागि तपाईंले कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन। तपाईंले पहिले नै फोनमा यी सेवाहरू अन गरेर राख्नुपर्छ।

एन्ड्रोइड फोन कसरी ट्र्याक गर्ने?

गुगलको फाइण्ड माइ डिभाइसेज तपाईको एन्ड्रोइड फोन फेला पार्नको लागि उत्तम विकल्प हो। तर तपाईंले फोनमा यो सेवा सक्रिय गरिसकेपछि मात्र यसले काम गर्नेछ। तर तपाईंको फोनको लोकेसन साझेदारी सक्रिय छ भन्ने सुनिश्चित गर्नुहोस्। अर्को डिभाइसमा गुगल एकाउन्टमा लगइन गर्नुहोस्। यसपछि तपाईले खोज्नु भएको एन्ड्रोइड फोन गुगल म्यापमा देखिनेछ। -टेक्नोलोजीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार