श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप, उद्घाटनमा आयोजक र धरान भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा विहिबारदेखि आहा रारा गोल्डकप आयोजना हुँदै छ । सहारा क्लवको आयोजनामा १० दिनसम्म चल्ने प्रतियोगितामा १० टीमको सहभागिता रहने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा विहीबार आयोजक सहारा क्लव र धरान फुटवल क्लव बीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, धरान फुटबल क्लब र आयोजक छन् ।

यो वर्ष पुरस्कार राशीमा समेत बृद्धी भएको छ । यसअघि १० लाख पुरस्कार रहेकोमा अहिले २ लाख थपेर १२ लाख बनाइएको छ । दोश्रो पुरस्कार ६ लाख छ । बेस्ट अफ फाइभलाई नगद पुरस्कार २५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, प्रत्येक खेलको म्यान अफ दि म्याच पुरस्कार ८ हजार तथा फाइनलको म्यान अफ दि म्याचलाई १० हजार प्रदान गरिने महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

यसपालि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ । उद्घाटन समारोहका बेला ५० लाख नगद सहित उनलाई सम्मान गर्न लागिएको हो । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट यही पुरस्कारबाट पुरस्कृत भैसकेका छन् ।

सहारा क्लवले फुटवल टुर्नामेण्टबाटै एकेडेमी समेत सन्चालन गर्दै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम दोबिल्लामा सन्चालित एकेडेमी सन्चालनमा खर्च हुने छ । एकेडेमीमा हाल १० जिल्लाका १३ जना प्रशिक्षार्थी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार