श्रावण ४, २०८२ आइतबार July 20, 2025

बीच भलिबलमा नेपालको विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काभा बीच पुरुष भलिवल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार विहान भएको खेलमा नेपालले बंगलादेशलाई २–० को सोझो सेटमा हराएको हो ।

नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन् ।

आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारसम्म आयोजना हुने प्रतियोगिता आयोजक बंगलादेश, नेपाल र माल्दिभ्ससँगै कीर्गिस्तान र भुटानको सहभागीता छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया