श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाल टी-२० लिग : लुम्बिनी सुपर ओभरमा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगअन्तर्गत बुधबार भएको पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा हराएको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा निर्धारित २० ओभको खेल ‘टाइ’ भएपछि खेलको नतिजा ‘सुपर ओभर’मा आएको थियो ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० रनको लक्ष्य दियो । २८ वर्षीय श्रीलंकाका मालिन्थाले सुपर ओभरमा दुई छक्का हिर्काएका थिए । बलिङमा फार वेस्टका करण केसीले १९ रन खाए । प्रत्युत्तरमा ब्याटिङ गर्न आएको फार वेस्टले  १० रन मात्र बनाउन सक्यो । जितसँगै लुम्बिनी अपराजित यात्रा चौथो खेलमा पुर्याएको छ । लुम्बिनी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ । फार वेस्टको दुई खेलमा दुई अंक छ ।

एक सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा आठ विकेट गुमाउँदै एक सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । लुम्बिनीका ओपनर लाहिरु मालिन्थाले २० बलमा सर्वाधिक ३४ रन बनाएका थिए । विपुर शर्माले २७ बलमा ३१ रनको योगदान गरे । यसबाहेक गुल्शन झाले २४ बलमा ३६ रन बनाएका थिए । मध्यक्रमका ब्याट्सम्यानले कमजोर प्रदर्शन गरेपछि लुम्बिनीको इनिङ सोचेजस्तो रहेन । ओपनर सुनिल धमला तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल भुर्तेल शून्यमा पेभिलियन फर्किएका थिए । कप्तान दीपेन्द्रसिंह ऐरी ४ र अनिल शाह ९ रनमा आउट भए ।

बलिङतर्फ फार वेस्टका सादले करण केसी र शेर मल्लले समान २ विकेट लिएका थिए । यसैगरी रसिद खान, अमैर अली, हस्मतउल्लाह शाहीदी र भुवन कार्कीले समान एक विकेट लिन सफल भए ।

यस अघि टस हारेर ब्याटिङका गरेको फार वेस्टले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३७ रन बनाएको थियो । पहिलो विकेटका लागि ओपनर देव खनाल र हासिम अन्सारीले ४४ रनको साझेदारी गरेका थिए । देवले ४२ बलमा ४८ रन बनाएका थिए । हासिमले २३ बलमा ११ रन बनाए । कप्तान हज्मतुल्लाह साहिदीले २९ बलमा ३२ रन जोडेका थिए । यसबाहेक हसिम अन्सारीले ११, भिम सार्कीले १५, विनोद भण्डारीले ११ र करण केसीले १२ रन बनाएका थिए ।

लुम्बिनीका साड्ले भान स्खाक्विनले दुई विकेट लिए । यसैगरी सागर ढकाल, हर्मित सिंह र किशोर महतोले समान एक विकेट लिन सफल भए । आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार