मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

महिलामाथिको प्रतिबन्धका कारण केही महत्वपूर्ण कार्य रोकिएः राष्ट्रसंघ

अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न राष्ट्रसंघको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संयुक्त राष्ट्र संघले अफगानिस्तानमा केही ‘समय–महत्वपूर्ण’ कार्यक्रमहरू अस्थायी रूपमा रोकिएका र तालिबान नेतृत्वको प्रशासनले महिला सहायताकर्मीहरूमा प्रतिबन्ध लगाएको कारण अन्य धेरै गतिविधिहरू पनि रोक्न आवश्यक हुन सक्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्स, संयुक्त राष्ट्र संघीय निकायहरुका  प्रमुखहरू र धेरै सहायता समूहहरूले एक संयुक्त वक्तव्यमा भनेका छन् कि सहायता वितरणमा  महिलाहरूको सहभागिता वार्तायोग्य छैन र अधिकारीहरूलाई निर्णय उल्टाउन आह्वान गर्दै वितरणलाई जारी राख्नुपर्ने बताएका छन् ।

महिलाहरूलाई मानवीय कार्यमा प्रतिबन्ध लगाउनुले सबै अफगानीहरूको लागि तत्काल जीवनलाई जोखिम पार्ने परिणामहरू आउने छ ।  विज्ञप्तिमा भनिएको छ, ‘महिला कर्मचारी नहुँदा केही समयका लागि महत्वपूर्ण कार्यक्रमहरु अस्थायी रुपमा रोकिनु परेको छ ।

यसअघि अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न  राष्ट्रसंघले तालिबानसँग माग गरेको थियो । महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा बढाउनुका अतिरिक्त अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर भएको  राष्ट्रसंघले उल्लेख गर्दै आएको छ ।

शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले  महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार