श्रावण ४, २०८२ आइतबार July 20, 2025

पोखरामा पहिलो पटक प्रदेशस्तरीय फुटसल हुँदै

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिसान गण्डकीको आयोजनामा फागुनमा पहिलो फुटसल प्रतियोगिता हुने भएको छ । फागुनमा प्रदेशभरका जिल्लाका खेलाडीबीच  फुटसल प्रतियोगिता गर्न लागिएकाे हो ।

त्यसका लागि कास्कीको छनोट माघको ६ देखि ८ गतेसम्म हुनेछ । हिसान गण्डकीको सदस्य विद्यालयबीच  हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने अध्यक्ष यामबहादुर रोकाले जानकारी दिए । उनका अनुसार कास्कीबाट मात्रै ८ र अन्य जिल्लाका ८ गरी १६ टीमबीच प्रतिष्प्रर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख पाउने छन भने उपविजेताले ५० हजार पाउने छन् । कास्कीबाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि पुस महिनामा सक्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया