बैसाख १६, २०८३ बुधबार April 29, 2026

लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते

भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ । जीपमा सवार दुई जना गम्भीर घाइते र ६ जना सामान्य घाइते भएका छन् ।

घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया