श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गुणराज रुचाललाई वर्ष खेलाडीको सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई वर्ष खेलाडीको रुपमा सम्मान गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चमा सम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गरे । रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरे ।

रुचालले आठौं इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए भने नोभेम्बरमा थाइल्यान्डमा सम्पन्न प्रो फाइटमा च्याम्पियन बनेका थिए । त्यस्तै रुचाल थाइल्यान्डमै सम्पन्न वल्र्ड मुवाँथाई च्याम्पियनसिपमा कास्य पदक जित्न सफल भएक थिए ।

संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडलाई पनि सम्मान गर्यो । जेनिका राई नगद १० हजारबाट सम्मानित हुँदा मुकेश लुइटेड नगद ५ हजारबाट सम्मानित भए । जेनिकाले नोभेम्बरमा सम्पन्न १७औं वल्र्ड च्याम्पियनसिपमा कास्य पदक जितेकी थिएन । मुकेशले भुटानमा सम्पन्न साग किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

त्यस्तै संघले गोकर्णेश्वर मुवाँथाई कमिटी र सुनसरी जिल्ला मुवाँथाइ संघलाई पनि सम्मान गर्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार