श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाल टी-ट्वान्टी लिग : लुम्बिनी अल स्टारको पाँचौँ जित

लुम्बिनीद्धारा काठमाडौँ ३५ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाण्डौँ नाईट्सलाई लज्जास्पद रुपमा पराजित गरि लगातार पाचौं जित हात पारेको छ ।

लुम्बिनीले काठमाण्डौँलाई ३५ रनले पराजित गरेको छ । टियु मैदानमा लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य काठमाण्डौँले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनायो । पाँच खेलमा अपराजित लुम्बिनी ५ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । चार खेलमा दुई जित हात पारेको काठमाण्डौँ ४ खेलमा ४ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ ।

पहिलो जित हात पार्ने क्रममा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो । टियु मैदानमा १ सय ८० रनको लक्ष्य पोखराले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो । छैटौँ खेल खेलेर पहिलो जित हासिल गरेको पोखरा ६ खेलमा २ अङ्क सहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पाँच खेल खेलेर १ जित हात पारेको फार वेस्ट २ अङ्कसहित अङ्क तालिकाको पुछारमा झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार