मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नेपाल टी-ट्वान्टी लिग : जनकपुर रोयल्स र पोखरा एभेन्जर्स विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग अन्तर्गत शनिवार भएका खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्सले जित हात पारेका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गर्दै चौथो जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो ।

विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदीप सिंह ऐरीले अविजित ३६ र गौराशुं शर्माले ३३ रनमा आउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक ७८ रनमा अविजित रहे । यस्तै चाल्डिक वाल्टनले २९, सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ र खडक बोहोराले १२ रनको योगदान गरे ।

शनिवार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो ।

पोखराका आसिफ शेखले ७७ र आरिफ शेखले २६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार