श्रावण २, २०८२ शुक्रबार July 18, 2025

हिसान भक्तपुर टेबलटेनिसमा मोर्डनको वर्चस्व

प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगितामा  मोर्डन स्कुल भक्तपुरको वर्चस्व कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता- ०७९ मा  मोर्डन स्कुल भक्तपुरले वर्चस्व कायम गरेकाे छ । प्रतियोगिताअन्तर्गत छात्रातर्फ मोडर्न स्कुल/कलेज सृजनानगर भक्तपुरका दिया देउला प्रथम भइन । प्रतियोगितामा मोडर्न स्कुलकै रविना श्रेष्ठ दोस्रो र जनप्रेमी स्कुल/कलेज कौशलटारका देविना पौडेल तेस्रो भए ।

हिसान भक्तपुरको आयोजना र मध्यपुर थिमी कमेरोटारस्थित सुप्रिम एकेडेमीको संयोजनमा सन्चालित प्रतियोगिताको छात्रतर्फ  सुप्रिम एकेडेमी कमेरोटारका रिजेन श्रेष्ठ प्रथम भए । प्रतियोगितामा मोडर्न स्कुल/कलेज सृजनानगर भक्तपुरका राज कुँवर दोस्रो र मोडर्न स्कुलकै विकेन डिस्ट तेस्रो भए ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी छात्रा र छात्रतर्फ क्रमश: जनप्रेमी स्कुलका देविना पौडेल र स्वागत बने । सुप्रिम एकेडेमीका प्रिन्सिपल तथा केन्द्रीय हिसानका सदस्य विरेन्द्र जयनाको सभापतित्वमा सन्चालित प्रतियोगिताको संयोजन सुप्रिम एकेडेमीका इन्चार्ज उदव कार्कीले गरेका थिए ।

प्रतियोगिताका विजयी खेलाडीलाई मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । यसअघि प्रतियोगिताको उद्घाटन १४ पुसमा मध्यपुर थिमी नगरपालिका भक्तपुरका उपमेयर विजयकृष्ण श्रेष्ठले गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार