श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एभर्टनसँग बराबरीमा रोकियो सिटी

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एक गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदै सिटी अंक बाढ्न बाध्य भएको हो ।

यस बराबरीसँग सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो ।

घरेलु इतिहाद मैदानमा सिटीले एर्लिन हाल्यान्डको गोलमा २४औं मिनेटमा अग्रता लिएको थियो । रियाद माहरेजले मिलाएको पासलाई हाल्यान्डले बक्सभित्रबाट गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल बेहोरेको भ्रमणकारी टोली एभर्टन डेमाराइ ग्रेको गोलमा खेलमा फर्कियो । इड्रिशा गुएको पास सदुपयोग गर्दै ग्रेले एभर्टनको हार टारेका थिए ।

यसैगरी शनिबार नै भएको खेलमा मार्कुस रसफोर्डको निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले  उल्भ्सलाई १–० ले पराजित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार