मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

ड्रोन हमला गरेरै युक्रेनलाई धवस्त पार्ने रुसको योजना : जेलेन्स्की

पश्चिमा देशहरूले रुसलाई सिध्याउनका लागि युक्रेनको प्रयोग गरिरहेको मस्कोको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः रुसले युक्रेनलाई निरुत्साहित पार्ने प्रयासमा लामो समयसम्म ड्रोन हमला गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपतिले आरोप लगाएका छन् । इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले हमला थाल्ने विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरे।

डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रुसी फौजको ज्यान जाने गरी गरेको एउटा हमलापछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो। युद्ध मैदानमा आफ्नोतर्फ क्षति भएको कुरा विरलै स्वीकार गर्ने गरेको रुसले पछिल्लो पटक आफ्ना ६३ जना फौज मारिएको जनाएको छ।

किभमा रात्रिकालीन सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने, ‘हामीले यो कुराको सुनिश्चित गर्नैपर्छ कि आतङ्कवादीहरूको अहिलेको लक्ष्यलाई पनि अरू लक्ष्यलाई जस्तै विफल पार्न आवश्यक सबै कदम चाल्नेछौँ ।अहिले हाम्रो आकाशको सुरक्षामा रहेका सबैजना अझ विशेष रूपमा त्यसमा केन्द्रित रहनुपर्ने समय हो ।’

युक्रेनमाथि रुसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो क्रममा भइरहेको छ। मस्कोले पछिल्ला तीन रातमा युक्रेनभरि विभिन्न शहर तथा ऊर्जा केन्द्रमा हमला गर्दै आएको छ।

जेलेन्स्कीका अनुसार युक्रेनी हवाई प्रतिरक्षा बलले सन् २०२३ का शुरूवाती दिनमा इरानमा निर्मित ८० वटा जति ड्रोनलाई खसालिदिएको छ। अधिनस्थ डोनेत्स्क क्षेत्रमा आफूहरूले गरेको एउटा हमलामा ४०० रुसी फौज मारिएको युक्रेनले दाबी गरेको छ।

रुसले चाहिँ ६३ जना मारिएको बताएको छ। तर घटना भएको क्षेत्रमा जान नसकिने भएकोले दुवै पक्षको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन। एक दिनअघि मात्र नेटोका महासचिव एन्स स्टोलटनबेर्गले रुस पछाडि हट्ने सङ्केत नदेखिएकोले पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने बताएका थिए।

सैन्य सहयोगले एउटा सार्वभौम देशको रूपमा टिकिरहन युक्रेनलाई सघाउ पुग्ने,  वार्तामा बस्न रुसलाई दबाव दिने तथा सहमतिमार्फत्‌ युद्धको अन्त्य गराउने उत्तर एट्लान्टिक सन्धि सङ्गठनका महासचिवले बताए। वार्ताको टेबुलमा युक्रेन बलियो अवस्थामा हुने कुराको पनि नेटोले सुनिश्चित गर्नुपर्नेमा स्टोलटनबेर्गले जोड दिए।

पश्चिमा देशहरूले रुसलाई सिध्याउनका लागि युक्रेनको प्रयोग गरिरहेको मस्कोले आरोप लगाउँदै आएको छ। बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार