काठमाण्डौंः आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भद्रपुर झापा गोल्डकपको विजेता टिमले १३ लाख र उपविजेताले नगद सात लाख तथा ट्रफी र मेडल पाउने छन् ।
त्यस्तै, प्रतियागिताभर सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २१ हजार पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउनेछन् ।
प्रतियोगितामा आयोजकको भद्रपर ११ सहित नेपालका सात, भारत र भुटानका तीन गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख लागत अनुमान गरिएको छ । गोल्डकपको संरक्षकको रूपमा रहेको भद्रपुर नगरपालिकाले प्रतियोगिताका लागि ३० लाख उपलब्ध गराउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया