श्रावण २, २०८२ शुक्रबार July 18, 2025

त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरको पोल्टामा

३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि चितवनको रामपुर फुटबल क्लब घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि जितेको छ ।

लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो । रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा रामपुरका अब्देल रहमान, आकाश थापा, डिका सेर्गी, भबेन्द्र मल्ल ठकुरी र नवराज गुरुङले ग्ल गरे  । सन्दीप श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुके ।

बागमतीका दिब गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ रै र कसीम राईले गोल गरे ।  दिपेश चाम्लिङ राई र आयुष राना पेनाल्टीमा चुके ।

पेनाल्टी अघि अनिल रानाले १८ औं मिनेटमा गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, सुरेश कुमालले ३७ औं मिनेटमा गोल गर्दै रोड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रामपुर रोड्सका सुरेश कुमाल चुनिए ।  सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्त पाए । उत्कृष्ट गोलकिपरको अवार्ड बागमतीका रबिन बस्नेत चुनिएका छन् ।

त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले ५ लाख प्राप्त गर्दा उपविजेता बागमतीले ३ लाख प्राप्त गरेको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार