कार्तिक १४, २०८३ शनिबार October 31, 2026

गायक आशिष सचिनले जन्मदिन मनाए अनाथ बालबालिकासँग

‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर गायक सचिनले अनाथ बालबालिकासँग आफ्नो जन्मदिन मनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २२ पुस । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर‘का गायक आशिष सचिनले  ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर जन्म दिन मनाएका छन् ।

गायक, अभिनय सँगसँगै समाजसेवामा पनि सक्रिय गायक आशिष सचिनले काठमाडौंको बुढानिलकण्ठ ५ डाँडा गाउँमा रहेको ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर अनाथ बालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन् ।

जन्म दिन मनाउने क्रममा गायक सचिनले आफ्ना केही चर्चित गीतहरु  अनाथालयमा   रहेका बालबालिकालाई सुनाए । उनका केही हिट गीत सुन्दै त्यहाँका बालबालिका उनीसँगै रमेका थिए ।

कार्यक्रममा आफ्नो जन्म दिनको केक काटेर गायक आशिष सचिनले त्यहाँका बालबालिकालाई खुवाए । सो आश्रममा रहेका ३३ जना बालबालिकालाई खाना खुवाउँदै उनले जन्म दिन मनाए । उनीहरुलाई केही आर्थिक सहयोग र खाद्यान्न सहयोग पनि प्रदान गरे ।

अनाथालयमा रहेका बालबालिकाहरु नर्सरी देखि कलेजसम्म अध्ययन गरिरहेको सँस्थाका कोषाध्यक्ष सुदिप केसीले बताए । २१ जना बालक र १२ बालिकाहरु रहेका सो आश्रममा यी गायकले आफ्नो जन्म दिन मनाएर केही क्षण भएपनि बालबालिकालाई खुसी तुल्याएका उनले बताए । आशिषका ‘दारी फुल्यो बैंसैमा’सँगै ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठ स्वेदश फिर्ता
२०८३ कार्तिक १४, शनिबार
ज्यामीरेघाटमा पक्की पुल निर्माण हुने गृहमन्त्री गुरुङको प्रतिबद्धता
२०८३ कार्तिक १४, शनिबार
वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
त्रिविमा जनशक्ति विकास कार्यक्रम सञ्चालन
२०८३ कार्तिक १४, शनिबार
कराँते तथा मुआथाई जिल्ला स्तरीय प्रतियोगिता लेखनाथमा सुरु
२०८३ कार्तिक १४, शनिबार
तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसीप नेपालगन्जमा सुरु
२०८३ कार्तिक १४, शनिबार
समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान
२०८३ कार्तिक १४, शनिबार