जेठ ६, २०८१ आइतबार May 19, 2024

गुल्मीमा आइटिएफ तेक्वान्दो प्रतियोगिता हुँदै

करिब नौ वटा डोजाङ्गबाट २० केजी मुनीका २२० जना खेलाडी सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुल्मीमा दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद  विकास समिति गुल्मीको कभर्ड हलमा प्रतियोगिता हुने भएको हो ।

आईटिएफ तेक्वान्दो सङ्घ गुल्मी र रेसुङ्गा आईटिएफ तेक्वान्दो डोजाङ्गको आयोजनामा यही पुस ३० गते दोस्रो जिल्ला स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको सङ्घका अध्यक्ष वीरेन्द्र कुँवरले बताए ।

यस जिल्लामा रहेका करिब नौ वटा डोजाङ्गबाट २२० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले स्वर्ण, रजत र कांस्य पदक प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट १८ जनाले स्वर्ण पदक, १८ जनाले रजत पदक र ३६ जनाले कांस्य पदक प्राप्त गर्नेछन् । प्रतियोगिताबाट एक-एक जना पुरुष र महिला उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ । प्रतियोगितामा २० केजी मुनीका खेलाडीहरू पनि सहभागी हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया