श्रावण ३, २०८२ शनिबार July 19, 2025

स्पेनिस ला लिगा – रियल मड्रिड २-१ ले पराजित

आज आइतबार हुने खेलमा बार्सिलोनाले एट्लेटिकोलाई हराएमा रियाल तीन अंकले पछि पर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस ला लिगाको साविकको विजेता रियल मड्रिड भिल्लारियलसँग शनिबार राति २–१ ले पराजित भएको छ । जेरार्ड मोरेनोले विजयी गोल गरेपछि रियलले सिजनको दोस्रो हार बेहोरेको हो ।

यससँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिने अवसर गुमायो ।  शीर्ष स्थानको बार्सिलोनाको १५ खेलमा ३८ अंक छ । एक खेल बढी खेल्दै दोस्रो स्थानमा बसेको रियलको ३८ अंक छ । भिल्लारियल १६ खेलमा २७ अंकसहित पाँचौ स्थानमा छ ।

खेलको ४७औं मिनेटमा यर्मे पिनोले गोल गरेपछि भिल्लारियलले अग्रता लिएको थियो । ६०औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियल खेलमा फर्कियो ।

त्यसको तीन मिनेटपछि नै मोरेनोको विजयी गोल गरेका थिए । आइतबार हुने खेलमा बार्सिलोनाले एट्लेटिकोलाई हराएमा रियाल तीन अंकले पछि पर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया