श्रावण ३, २०८२ शनिबार July 19, 2025

पब्जीमा नेपाल उपविजेता

टर्कीको एसटूजीसँग पछि पर्दै नेपाली टोली डीआरएस विश्वकपमा उपविजेता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ई–स्पोर्ट्स प्रतियोगिता पब्जी विश्वकपमा नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) उपविजेता बनेको छ। इन्डोनेसियामा आयोजना भएको विश्वकपमा टर्कीको एसटूजीसँग पछि पर्दै नेपाली टोली डीआरएस उपविजेता बनेको हो।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्रै जोड्न सक्यो। उपविजेता डीआरएसले दुई लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ। डीआरएसले उपविजेताका रुपमा दुई लाख र अन्तिम चरणमा छनोट भएवापत ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको हो।

विजेता एसटूजीले भने पाँच लाख १० हजार अमेरिकी डलर पुरस्कार पायो। नेपाली टोली डीआरएसमा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराई सम्मिलित छन्। नेपालको अर्को टोली  ट्रेन्ड टु किल (टीटूके) भने १३औं स्थान रह्यो। टीटूकेले एक लाख ३२ हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया