श्रावण १, २०८२ बिहिबार July 17, 2025

पेरुका राष्ट्रपतिमाथि अनुसन्धान शुरु

गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकारविरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको झडपमा १८ जनाको मृत्यु भएपछि मङ्गलबार हिंसात्मक प्रदर्शन दबाउन सरकारले दक्षिणी पुनो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ ।

अपुरिमक, ला लिबर्टाड, पुनो, जुनिन, अरेक्विपा र अयाकुचो क्षेत्रमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका दमनमा राष्ट्रपतिको भूमिकालाई लिएर अनुसन्धान भइरहेको सरकारी अभियोजन कार्यालयले जनाएको छ । डिसेम्बर ७ मा पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले बोल्वार्टेविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

जारी विरोध प्रदर्शन दबाउन राज्यशक्तिको प्रयोग हुँदा कैयौँ नागरिकको मृत्यु भएकामा पेरुस्थित राष्ट्रसङ्घीय कार्यालयले गहिरो चिन्ता व्यक्त गरेको छ । हिंसात्मक गतिविधि परित्याग गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै राष्ट्रसङ्घले शान्तिपूर्ण विरोध गर्ने अधिकार एवम् आधारभूत मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।

पेरुका प्रभावशाली क्याथोलिक गिर्जाघरका नेताहरूले देशमा भड्किएको हिंसालाई मुलुक युद्धको अवस्थामा पुगेको टिप्पणी गरेका छन् । राज्य बर्बर बनेको आरोप लगाउँदै उनीहरूले संयमित हुन सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् । पुनाको क्षेत्रीय सरकारले तीन दिनको शोकको घोषणा गर्दै राष्ट्रपति बोल्वार्टेलाई पदत्याग गर्न आह्वान गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार
पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड
२०८२ श्रावण १, बिहिबार
पदच्यूत नेता हसिनाका समर्थकसँग बङ्गलादेशी सेनाको झडप, चार जनाको मृत्यु
२०८२ श्रावण १, बिहिबार
सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो
२०८२ श्रावण १, बिहिबार
उच्च अदालत तुलसीपुरमा आर्थिक वर्ष २०८१/८२ मा ८५ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट
२०८२ श्रावण १, बिहिबार