असार २४, २०८२ मंगलबार July 8, 2025

लकडाउनमा इन्टरनेट सेवा नकाट्न दूर सञ्‍चार प्राधिकरणको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।

‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।

लकडाउनको अवधिमा इन्टर्नेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टनेट सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ।

प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टनेट सेवासमेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार