वैशाख २०, २०८१ बिहिबार May 2, 2024

टेलिकमको फाइभजी परीक्षण माघ २२ देखी

नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । यसअघि पुस १७ गते परीक्षण गर्ने तयारी भएपनि आवश्यक आन्तरिक परीक्षण पूरा नभएकाले टेलिकमले एक महिनापछि परीक्षण गर्न लागेकाे हाे ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीले टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको जानकारी दिए । भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका स्मार्टफोनमा फाइभजी परीक्षण हुने बताइएको छ ।

बजारमा उपलब्ध फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्न लागिएकाे प्रवक्ता अधिकारीले सुनाए । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण भने यसअघि नै सम्पन्न गरिसकेको छ ।

परीक्षण सेवा अवधिभर टेलिकमका ग्राहकले निःशुल्क फाइभजी अनुभव लिन पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया