असोज २०, २०८३ मंगलबार October 6, 2026

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

माघ महिना भरि बीमा शुल्कको नविकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको समेत व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ ।

कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका छन् । सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान संचालनमा ल्याइएको हो ।

यस माघ महिना भरि बीमा शुल्कको नविकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहक महानुभावहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नविकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई इअर्बुड्स प्रदान गरिने छ ।

त्यसैरी, पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नविकरण गर्ने सम्पूर्ण महानुभावहरुलाई १०० रुपैयाँ क्यास व्याक प्रदान गरिने कुरा समेत कम्पनीले जनाएको छ । प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पे संग सम्झौता गरेको छ ।

यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नुहुन्छ । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घर बाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार समेत सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहक महानुभावहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए ।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ ।

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार