श्रावण ३, २०८२ शनिबार July 19, 2025

राेहिणी मेयर कप क्रिकेट सुरु, उद्घाटन खेलमा राेहिणी १ विजयी

रोहिणी–१ ले रोहिणी–३ लाई ८ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुपन्देहीको रोहिणीमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।

स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानिय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पहिलो पटक पालिकाको सहयोग तथा नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजनामा मेयर कप प्रतियोगिता सुरु भएको हो ।

माघ ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र एउटा कर्मचारीको टीम गरी ८ वटा स्थानीय टीमको सहभागितामा वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा रहेको रामनरेश माविको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए ।

खेलको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष विद्या यादवले स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाइ आत्मसात गर्दै शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिदै रुपन्देही क्रिकेटको उर्वर भूमि रहेकोले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुगोस् भन्ने हेतुले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । क्रिकेटप्रति युवाहरुको रुची बढ्दो छ, सोहीअनुसार युवालाई प्रोत्साहन गर्न र खेल क्षेत्रको विकासका लागि गाउँपालिकाको सहयोगमा हामीले पहिलो पटक आयोजना गरेका उनको भनाइ छ ।

पालिकामा क्रिकेट प्रेमी र खेलाडीहरु पनि प्रशस्त भएकोले उनीहरुको अभ्यास र क्षमता बृद्धिका लागि मौका पनि यस्तै प्रतियोगिताबाट हुनेहुदा यसलाई निरन्तरता दिँदै क्रिकेटको विकासमा सहयोग गर्न पालिका सकारात्मक रहेको अध्यक्ष यादवले बताए ।

मंगलबार भएको उद्घाटन खेलमा रोहिणी–१ ले रोहिणी–३ लाई ८ विकेटले पराजित गर्दै जित निकालेको छ । टस हारेर ब्याटिङ पाएको रोहिणी ३ ले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव २ ओभरमै सबै विकेट गुमाई १ सय १७ रन जोडेको थियो । जसका लागि विवेकले ३३, शिवले १८ र विहारीले १४ रनको योग्दान गरे । वलिङतर्फ अफसरले ३, धिरुले २ विकेट लिए ।

११८ रनको लक्ष्य पाएको रोहिणी–१ ले जवाफीमा ८ ओभर ३ बलमै लक्ष्य पार गरी जित निकाल्यो । ३ विकेटकै क्षति जित निकालेको रोहिणी १का लागि अबरारले ६५, अफसरले १९ र धिरुले १८ रनको योग्दान गरे । उद्घाटन खेलको म्यान अफ द म्याच अबरार भएको प्रतियोगिताका संयोजक कुर्मीले जानकारी दिए ।

१५ ओभरमा समूह ए र बी गरी २ समूहमा विभाजन गरी लिग चरणमा प्रतियोगिता हुने छ । ४–४ वटा टिमबीच ३–३ वटा प्रतियोगिता गराइनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ६० हजार सहित ट्रफी र प्रमाणपत्र दिइने छ भने , द्वितीय पुरस्कार ३० हजार, तेस्रो र चौथोलाई समान १५–१५ हजार दिइने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार