मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण

चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो ।

रक्षा मन्त्रालयका अनुसार यसैवर्षको मध्यतिर करिब दुई सय महिलालाई ताइवानको सेनाले तालिम दिनेछ । बाह्य आक्रमाणको जोखिम बढेकाले आफ्नो सेनालाई बलियो बनाउने प्रयासमा महिलालाई पनि प्रशिक्षणको व्यवस्था गरिएको उक्त मन्त्रालयले जनाएको छ । इच्छुक महिलाले तालिमका निम्ति आवेदन गर्न सक्नेछन् । तालिमा सहभागी हुने महिलाको सङ्ख्याअनुसार प्रशिक्षण योजना र कार्यक्रम तर्जुमा गरिनेछ ।

हालै ताइवानले पुरुषलाई अनिवार्य सैन्य सेवा गर्नुपर्ने प्रावधान जारी गरेको छ । यद्यपि, महिलाहरू पनि सशस्त्र बलमा स्वयंसेवकका रूपमा सेवा गर्न सक्ने व्यवस्था छ । ताइवानी पुरुषले अनिवार्य सैन्य सेवा गर्नुपर्ने चार महिनाको प्रावधानलाई बढाएर एक वर्ष पुर्‍याएको छ । अमेरिकी रक्षा मन्त्रालयको अनुमानअनुसार ताइवानसँग ८९ हजार स्थल सेना छन् भने चीनसँग १० लाख सैनिक छन् ।

गत महिना राष्ट्रपति साई इङ्ग वेनले अनिवार्य सैन्य सेवाको अवधि बढाइएको घोषणा गर्नुभएको थियो । प्रथम महिला राष्ट्रपति उहाँले गरेको उक्त घोषणाको स्वागत गर्दै केही महिला सांसदले नारीलाई पनि सैन्य तालिम अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए । भावी पुस्ताका निम्ति लोकतान्त्रिक जीवनशैली सुनिश्चित गर्न सैन्य सेवा विस्तार अपरिहार्य भएको राष्ट्रपतिले बताउनुभएको छ ।

सन् १९४९ को चिनियाँ गृहयुद्धमा ताइवान र चीन विभाजित भएका हुन् । पहाडी टापु ताइवानलाई चीनले आफ्नो भूमिका रुपमा दाबी गरिरहेको छ भने आवश्यक परे बल प्रयोग गरेर मूल भूमिमा एकीकरण गर्ने बताउँदै आएको छ । एक देश दुई शासन पद्धतिअनुरुप बेइजिङले ताइवानमाथि अप्रत्यक्ष रुपमा शासन गर्दै आएको छ । यद्यपि उसले ताइपेईलाई स्वायत्तता प्रदान गरेको छ ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार