श्रावण ३, २०८२ शनिबार July 19, 2025

जितका लागि ७३ रन पछ्याएको गुजरात १८ रनले पराजित

जितको लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात ३३.३ ओभरमा ५४ रनमा अल आउट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको चर्चित घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीमा विदर्भले दिएको ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात १८ रनले पराजित हुन पुगेको छ। जितको लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात ३३.३ ओभरमा ५४ रनमा अल आउट भयो ।

गुजराका सिद्धार्थ देशाईले ४७ बलमा ३ चौकासहित सर्वाधिक १८ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १० रन अतिरिक्त पाएको थियो ।

विदर्भले बचाउ गरेको यो रणजी ट्रफीमा सबैभन्दा कम रन हो । यसअघि सन् १९४८/४९ को संस्करणमा विहारले दिएको ७८ रनको विजयी लक्ष्य पछ्याएकोे दिल्ली २१ ओभरमा ४८ रनमा अल आउट भएको थियो ।

विदर्भलाई जिताउन बायाँ हाते स्पिनर आदित्य सरवेटले १५.३ ओभरमा ६ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए । हर्ष दुवेले तीन विकेट लिए ।

विदर्भ दोस्रो इनिङमा २ सय ५४ रनमा अल आउट भयो । तर पहिलो इनिङमा ७४ रनमा अल आउट हुँदा मात्रै ७२ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा विदर्भका जितेश शर्माले सर्वाधिक ६९ रन बनाए । गुजरातका सिद्धार्थ देसाईले २५.५ ओभरमा ७ मेडनसहित ७४ रन खर्चेर ६ विकेट लिए ।

त्यसअघि गुजरात पहिलो इनिङमा २ सय ५६ रनमा अल आउट भयो । गुजरातका आर्या देसाईले १ सय १४ बलमा १४ चौकासहित सर्वाधिक सर्वाधिक ८८ रन बनाएका थिए । विदर्भका आदित्यले नै पाँच विकेट लिए ।

नागपुरमा टस जितेर पहिला ब्याटिङ थालेको विदर्भ भने ७४ रनमा अल आउट भएको थियो । उसका लागि सन्जय रधुनाथले सर्वाधिक ३३ रन बनाए । गुजरातका चिंतन गज र तेजस पटेलले पाँच पाँच विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार