श्रावण ३, २०८२ शनिबार July 19, 2025

उपाधिका लागि रामेछाप र चितवन भीड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि रामेछाप र चितवनबीच प्रतिस्पर्धा हुने भएको छ।  नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी अध्यक्ष सीताराम कार्कीले रामेछाप र चितवन बीचको फाइनल खेल मध्यान्ह १२ बजे हुने जानकारी दिए।

उनका अनुसार शुक्रबार भएको सेमिफाइनलको खेलमा धादिङलाई पराजित गर्दा रामेछाप र सिन्धुपाल्चोकलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेका हुन्। धादिङलाई २५–२३, २५–१४ र २५–१५ सोझो सेटमा पराजित गर्दै रामेछाप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । त्यस्तै सिन्धुपाल्चोकलाई २५–१५, २५–२१ र २५–१४ को सोझो सेटमा पराजित गरेर चितवन फाइनल प्रवेश गरेको हो। आज बिहान ८:३० बजे तृतीय र सान्त्वनाका लागि धादिङ र सिन्धुपाल्चोक प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ५० हजार र सान्त्वना ३० हजार पुरस्कार राशिसहित शिल्ड, मेडलको व्यवस्था रहेको अध्यक्ष सीताराम कार्कीले जानकारी दिए। उनका अनुसार खेलमा सहभागी टीमलाई सहभागी भएबापत प्रतिटीम २५ हजार रुपैयाँ र सेमी फाइनलमा पुगेका टीमलाई थप २५ हजार रुपैयाँसमेत दिइनेछ।

नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा बुधबारबाट सुरु भएको खेलमा बागमती प्रदेशका ११ जिल्लाका टीमको सहभागिता रहेको थियो।  बागमती प्रदेशका भक्तपुर र ललितपुरबाहेक रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, सिन्धुपाल्चोक जिल्लाका टीम प्रतियोगितमा सहभागी भएका छन्। अन्नपुर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार
काँग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड
२०८२ श्रावण ३, शनिबार
‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’ – रक्षामन्त्री राई
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित
२०८२ श्रावण ३, शनिबार