श्रावण ४, २०८२ आइतबार July 20, 2025

लिभरपुल र चेल्सी बराबरीमा रोकिए

२० खेलमा २९ अङ्क जोडेको चेल्सी १० औँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन्।

शनिबार भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका हुन्। खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेका थिए। तर, भीएआरले उनलाई अफसाइड देखाएपछि गोलले मान्यता पाएन।

यस बराबरीसँगै लिभरपुलले १९ खेलमा २९ अङ्क जोडेको छ। लिभरपुल आठौँ स्थानमा रहेको छ। २० खेलमा २९ अङ्क जोडेको चेल्सी १० औँ स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया