असार २८, २०८२ शनिबार July 12, 2025

काठमाडौँमा समस्यामा परेकालाई नेकपाले व्यवस्थापन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । ‘लकडाउन’का कारण समस्यामा परेकालाई नेपाल कम्युनिस्ट पार्टी, नेकपा जिल्ला कमिटी काठमाडौँले सहयोग गर्ने भएको छ ।

नेकपा जिल्ला कमिटी काठमाडौँले ‘लकडाउन’को समयमा काठमाडौँभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ । नेकपा जिल्ला कमिटी सचिव हिमाल शर्माका अनुसार समस्या वा उल्झनमा परेका काठमाडौँमा रहेका जो कोहीलाई पनि खान र बस्नेको व्यवस्था गरिनेछ ।

उनले भने, “तपाईहरु जहाँ हुनुहुन्छ, त्यही रहनुस् । खान, बस्नको समस्याले कोही कसैले पनि काठमाडौँ छाड्नु पर्दैन ।” नेकपाले समस्यामा परेका नागरिकलाई सहयोग गर्न वडाका जनप्रतिनिधि, प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सदस्य, प्रदेश तथा सङ्घीय सांसदहरुको सम्पर्कमा जानसमेत आग्रह गरेको छ । समस्यामा परेकाले आवश्यक सम्पर्क गर्नसमेत आग्रह गरिएको छ । नेकपाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई, नेताहरु रामशरण ढुङ्गाना, सरिता न्यौपाने, मधुसुदन तण्डुकार, महेश्वर फुयाँल र ईश्वर सापकोटालाई समस्यामा परेकाले सम्पर्क गर्न भनेको छ ।

यस्तै केन्द्रीय सदस्य सावित्रा भुसाल, रामेश्वर फुयाँल, सुरेन्द्र मानन्धर, नारायण सिलवाल , वसन्त मानन्धर, अञ्जना विसङ्खे, मुक्ति प्रधान, कुमार पौडेल, पार्वती थापा र दिलीप महर्जनलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

नेकपाले सामाजिक दूरी कायम गर्दै लकडाउनलाई पूर्ण पालना गर्न, कुनै अफवाहको पछाडि नलाग्न आग्रह गरेको छ । यस्तै आफू बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको सो पार्टीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार