वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

मधेसमा सत्ता साझेदार दलबीच असन्तुष्टि

मुख्यमन्त्री यादवले सहमतिविपरीत बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेको भन्दै जनमत पार्टीअसन्तुष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेस प्रदेश सरकारले पूर्णता नपाउँदै सत्ता साझेदार दलहरूबीच असन्तुष्टि सुरु भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले दलहरूसँग भएको सहमतिविपरीत बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकेको भन्दै जनमत पार्टीले असन्तुष्टि जनाएको छ। पहिला भएको सहमतिविपरीत जनमत पार्टीका वसन्त कुशवाहालाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएपछि जनमत पार्टीले असन्तुष्टि व्यक्त गरेको हो।

मन्त्री कुशवाहाले मुख्यमन्त्री यादवले दलहरूको संयुक्त छलफलबाट तीनै जना किनाविभागीय मन्त्रीलाई मन्त्रालय बाँडफाँट गर्ने वाचा गरे पनि मन्त्रालयको विषयमा औपचारिक पत्रमा आफूले अलग्गै मन्त्रालयको जिम्मेवारी पाउँदा चकित भएको बताए। ‘मुख्यमन्त्री यादवसँग भएको सहमतिमा जनमत पार्टीले सामाजिक विकास मन्त्रालय पाउने सहमति भएको थियो,’ जनमतपार्टी बाट मन्त्री बनेका कुशवाहाले भने, ‘सामाजिक विकास मन्त्रालय हामीले पाउने भएपछि सोही अनुरूपको अध्ययन र भावी रणनीतिको लागि तयारी गरेका थिए। तर, अहिले आएर अलग्गै मन्त्रालय दिइयो।’

जनमत पार्टी मधेसका संसदीय दलका नेता महेशप्रसाद यादवले सरकारको प्रमुख पदमा बसेर मुख्यमन्त्री यादवले जुन प्रकारको सहमतिविपरीतका क्रियाकलाप गरेका छन् त्यो निन्दनीय रहेको बताए। गत पुस २९ गते मुख्यमन्त्री यादवसँगै शपथ ग्रहण गरेका कुशवाहालाई कृषि मन्त्रालय, एमालेका सरोजकुमार यादवलाई भौतिक पूर्वाधार मन्त्रालय जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो।

मधेसमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ११ वटा मन्त्रालयहरू छन्। सरकारको नेतृत्व गरिरहेको जसपा र एमालेले ठूलो पार्टीको हैसियतले चार/चारवटा मन्त्रालयको दाबी गरिरहेका छन् भने जनमत पार्टीलाई दुई र माओवादी केन्द्रलाई एउटा मात्रै मन्त्रालय दिने ताकमा प्रमुख दल छ। तर, जनमतले ३ र माओवादी केन्द्रले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। अन्नपुर्णपोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’ योजना आयोगको महत्त्वाकांक्षी लक्ष्य, प्रधानमन्त्री प्रतिबद्ध
२०८१ वैशाख १४, शुक्रबार
केन्यामा बाढीका कारण ३८ को मृत्यु
२०८१ वैशाख १४, शुक्रबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
२०८१ वैशाख १४, शुक्रबार
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन
२०८१ वैशाख १४, शुक्रबार
गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने
२०८१ वैशाख १४, शुक्रबार
कक्षा १२ को परीक्षाको सबै तयारी पूरा – एक हजार ५२६ परीक्षा केन्द्र तोकिए
२०८१ वैशाख १३, बिहिबार
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार
२०८१ वैशाख १३, बिहिबार