श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम’ गीत सार्वजनिक

हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र ‘छक्का पञजा ४’ फागुन १९ गतेबाट रिलिज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं : यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ ।

डेभिड शंकर र सहिमा श्रेष्ठको आवाजमा रहेको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गर्दै निर्माण टिमले आफ्नो औपचारिक प्रचारको समेत सुरुवात गरेको छ ।

गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दीपकराज गिरी, दिपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे माग्नेबुढा, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारको अभिनय छ ।

हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र फागुन १९ गतेबाट रिलिज हुँदै छ । दीपकराज गिरीको कथा रहेको चलचित्र आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कार्यकारी निर्मातामा केदार घिमिरे माग्ने बुढा र निर्मल शर्मा रहेका छन् ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार