वैशाख ८, २०८१ शनिबार April 20, 2024

‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम’ गीत सार्वजनिक

हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र ‘छक्का पञजा ४’ फागुन १९ गतेबाट रिलिज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं : यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ ।

डेभिड शंकर र सहिमा श्रेष्ठको आवाजमा रहेको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गर्दै निर्माण टिमले आफ्नो औपचारिक प्रचारको समेत सुरुवात गरेको छ ।

गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दीपकराज गिरी, दिपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे माग्नेबुढा, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारको अभिनय छ ।

हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र फागुन १९ गतेबाट रिलिज हुँदै छ । दीपकराज गिरीको कथा रहेको चलचित्र आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कार्यकारी निर्मातामा केदार घिमिरे माग्ने बुढा र निर्मल शर्मा रहेका छन् ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया