वैशाख १२, २०८१ बुधबार April 24, 2024

गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ मा विकाश र अलियाको रोमान्स (भिडियो)

गायक तुलसी सिवाकोटी गायिका रिता केसीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ ।

सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटीसंगै गायिका रिता केसीले आवाज दिएका छन् भने शब्द र संगीत रवि मल्लको रहेको छ ।

गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् ।

गीतको  भिडियोमा विकास लामिछाने र अलिया अधिकारी प्रेमील जोडीका रुपमा प्रस्तुत भएका छन् ।

भिडियोलाई क्यामेरामेन दिनेश पराजुलीले खिचेका हुन् भने सम्पादन दिनसन साहले गरेका छन् । त्यस्तै,  भिडियोको निर्देशन एवम् कोरियोग्राफी केशव राज भट्टले गरेका छन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया