बैसाख १३, २०८२ शनिबार April 26, 2025

आज राष्ट्रियसभामा तीन समितिको सभापति छानिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीनविषयगत समितिका सभापतिको चयन आज गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठमा सभापतिको चयन गरिने बताइएको छ ।

राष्ट्रियसभा नियमावलीको दफा १५० मा समितिका सभापतिको निर्वाचनको व्यवस्था छ । उनन्साठी सदस्यीय राष्ट्रियसभाका विषयगत समितिका बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा हँदै आएका छन् ।

यसअघि हिजो सभापतिका  लागि उम्मेदवारीको मनोनयन दर्ता गरिएको थियो । संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि तोकेको समयावधिमा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारीको एक मात्र उम्मेदवारी परेको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) मात्र उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो ।

सभापतिका तिनै उम्मेदवार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ ।दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन् ।

उक्त समितिको नेतृत्व दलहरूबीचको आपसी समझदारीका आधारमा लगत्तै चयन गरिने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार