श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

आज राष्ट्रियसभामा तीन समितिको सभापति छानिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीनविषयगत समितिका सभापतिको चयन आज गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठमा सभापतिको चयन गरिने बताइएको छ ।

राष्ट्रियसभा नियमावलीको दफा १५० मा समितिका सभापतिको निर्वाचनको व्यवस्था छ । उनन्साठी सदस्यीय राष्ट्रियसभाका विषयगत समितिका बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा हँदै आएका छन् ।

यसअघि हिजो सभापतिका  लागि उम्मेदवारीको मनोनयन दर्ता गरिएको थियो । संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि तोकेको समयावधिमा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारीको एक मात्र उम्मेदवारी परेको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) मात्र उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो ।

सभापतिका तिनै उम्मेदवार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ ।दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन् ।

उक्त समितिको नेतृत्व दलहरूबीचको आपसी समझदारीका आधारमा लगत्तै चयन गरिने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार