काठमाडौँ । चीनको स्वाशासित तिब्बत सरकारले नेपाललाई अनुदानमा दिएको कोभिड १९को संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यवश्यक सामग्री नेपाल आइपुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार तिब्बत सरकारका प्रतिनिधिहरुले मन्त्रालयका चिकित्सक रोशन पोख्रेलको समूहलाई तातोपानीमा उक्त सामग्री हस्तान्त्ररण गरेका छन्।
तिब्बत सरकारबाट सवा ८ करोड रुपैयाँभन्दा धेरैको मेडिकल सामग्री नेपाल पक्षले बुझेको पोखरेलले बताएका छन।
ती सामग्रीमा १० हजार थान पीपीई, १० हजार थान एन–९५ मास्कलगायत छन्।
गत चैत २८ गते तिब्बत सरकारका प्रतिनिधिले नेपालपक्षलाई ल्हासामा हस्तान्तरण गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया