श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला काठमाडौंमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ । काठमाडौंमा भोलिबाट सुरु हुन गैरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिन विशिष्ट व्यक्तित्वहरु आउने क्रम जारी रहेको छ ।

सम्मेलनमा भाग लिन आज अपराह्न्न श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आईपुग्नु भएको छ । अपराह्न्न त्रिभुवन विमानस्थलमा आइपुग्नु भएको राष्ट्रपति सिरिसेनालाई विमानस्थलको अतिविशिष्ट कक्षमाउपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति सिरिसेनाको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत प्रस्तुत गरेको थियो ।

विमानस्थलमा राष्ट्रपति सिरिसेनालाई नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा, श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक विश्वम्भर प्याकुर्याल तथा शिष्टाचार महापाल दीपक अधिकारीले स्वागत गर्नुभएको थियो । त्रिभुवन विमानस्थलबाट उहा सिधै होटल सोल्टी पुग्नु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार