भाद्र २, २०८३ मंगलबार August 18, 2026

बिम्स्टेक शिखर सम्मेलन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालसहित विभिन्न सात राष्ट्र सदस्य रहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

होटल सोल्टीमा कडा सुरक्षाकाबीच सुरु भएको सम्मेलनको प्रधानमन्त्री एवंबिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले एक विशेष समारोहकाबीच सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।

सम्मेलनको औपचारिक उद्घाटनपछि प्रधानमन्त्री ओलीले सम्मेलनउपलब्धि मुलक हुने बताउनुभयो । यतिखेर विश्वको ध्यान यो सम्मेलनतर्फ केन्द्रीत भएकाले यसले उपलब्धिमुलक निर्णहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्षको आसनबाट उद्घाटनमन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाटआवश्यक प्रयास हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी हुनुभएको छ । शिखर सम्मेलनमा म्यान्माकाराष्ट्रपति विन मिन्त र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आआफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ ।

यस्तै सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङवाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चानेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ ।

काठमाडौँ घोषणापत्र जारी गर्दैशुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ ।

यसअघि सन् २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मामा बिम्स्टेक शिखर सम्मेलन भएको थियो । यसअघि आज नै छवटै मुलुकका विशिष्टपाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्तामा सहभागि हुनुभएको थियो ।

उहाँहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोदकेसीलगायतले कार्यालयमा स्वागत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सोअवसरमा राष्ट्रपति कार्यालयले दिवा भोजको आयोजना गरेको थियो ।

होटल सोल्टीमा कायक्तम सम्पन्न भए लगत्तै साँझ राजधानीकै होटल हायातमा प्रधानमन्त्रीको आयोजना रात्री भोज हुँदै छ । रात्रीभोजका लागि विदेशी पाहुनासहित विशिष्ट अधिकारीहरुलाई पनि निम्तागरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार