श्रावण १८, २०८३ सोमबार August 3, 2026

फागुनमा तीन चलचित्र एकसाथ प्रदर्शनमा आँउदै

फागुन १९ मा दुई ठूला चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फागुनमा तीन नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् ।  विदेशी चलचित्रसँग नजुँधाइ प्रदर्शनको तयारी गरेपनि स्वदेशी दुई चलचित्रको भने जुँध्ने भएका छन् ।

फागुन १९ मा दुई ठूला चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शन हुँदैछन् ।

यस्तै, फागुन ४ मा ‘फूलबारी’ प्रदर्शन हुँदैछ । तीन वटै चलचित्र फरक श्रेणी तथा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको निर्माताले बताएका छन् ।

चलचित्र ‘फूलवारी’ मा अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको छ । छोरासँग समय बिताउन चाहेका शिक्षक दम्पती र सन्तानबीचको कथा समेटिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो ।

“परिवारको महत्वलाई चलचित्रमार्फत आम दर्शक समक्ष पु¥याउने कोसिस गरेका छौँं । मेरो अघिल्लो चलचित्रको तुलनामा यो भिन्न छ”, निर्देशक गुरुङले भन्नुभयो ।

यसमा विपीन कार्कीले शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ । साथै, अरुणा कार्की, प्रियङ्का कार्की, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खना, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीले अभिनय गर्नुभएको छ ।

यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ ।

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गर्नुभएको छ । राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पार्नुभएको छ ।

“दर्शकले रुचाउने चलचित्र तयार गरेका छौँ । अघिल्लो शृङ्खला हेरेर आउनुभएका दर्शकलाई यसले निराश बनाउँदैन”, गिरीले भन्नुभयो । यसमा नरेन्द्र मैनालीको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।

त्यस्तै, ‘छड्के’ को सिक्वेल ‘२.० छड्के’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिनुभएको छ ।

“म टाईपकास्ट भन्दा पनि विभिन्न भूमिकामा आफूलाई प्रस्तुत गर्न चाहन्छु”, अभिनेता केसीले भन्नुभयो,“यो मेरो र दर्शकका लागि फरक अनुभव छ । यसमा हिंस्रक अवतारमा प्रस्तुत भएको छु ।”

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

अन्य हप्ता खाली राखेर फागुन १९ मा दुई चलचित्र प्रदर्शनमा आउनुले दुवैपक्षलाई घाटा हुने वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “आश गरिएका दुई चलचित्र एकसाथ प्रदर्शनमा आउनु राम्रो होइन ।

यसले नेपालमा मात्र नभइ अन्तराष्ट्रिय बजारमासमेत असर गरेको छ । यस्ता विषयमा सम्बन्धित निकायले पहल गरेर मिलाउनुपर्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार