बैसाख २०, २०८३ आइतबार May 3, 2026

साइबर अपराध आरोप लागेका पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले साइबर अपराध गरेको आरोप लागेका पूर्व सचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाँच दिन अघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको तीन दिनमै सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

सामाजिक सन्जालमार्फत उनले धार्मिक आस्थामा आघात पुर्‍याएको आरोप प्रहरीले लगाएको थियो। सामाजिक सन्जालमा सरकारविरुद्ध पछिल्लो समय निकै आक्रामक देखिएका उपाध्याय र स्वास्थ्य सचिव यादब कोइरालाबीच केही समय अघि ट्वीटरमा आरोप प्रत्यारोपको दोहोरी नै चलेको थियो।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उपाध्यायविरुद्ध पाँच वर्ष कैद सजायको मागदावीसहित अभियोगपत्र दर्ता गरेको थियो। सामाजिक सन्जालमा सरकारविरुद्ध विषय लेखिएको आरोपमा उपाध्यायलाई पक्राउ गरिएको भन्दै साइबर अपराधको नाममा वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाएको भन्दै सरकारको लगातार आलोचना भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार