श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायक कमल राईको नयाँ गीत ‘के छ त्यस्तो’ सार्वजनिक (भिडियो)

गायक कमल राईको नयाँ गीत ‘के छ त्यस्तो’मा करुणा श्रेष्ठको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक कमल राईको नयाँ गीत के छ त्यस्तोको भिडियो रिलिज गरिएको छ । गायक राईकै शब्द, संगीत तथा एरेन्जमा तयार के छ त्यस्तोमा पछिल्लो पुस्ताकी चर्चित मोडल तथा नायिका करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भिडियोमा नायिका करुणा एक समाजसेवीको भूमिकामा देखा परेकी छिन् । भिडियोमा करुणासँगै गायक राईको पनि अभिनय देख्न सकिन्छ । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर गरिएको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ ।

निकै नै मेहेनत गरेर बनाइएको भिडियोमा करुणा परी झै सुन्दरी देखिएकी छिन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक राई स्वयमकै निर्देशन रहेको भिडियो उनले नेपाल आएको मौकामा छायांकन गरेका हुन् ।

गायक राईले अमेरिकामा नै आफ्नै निर्देशनमा ३ दर्जन बढी भिडियो निर्देशन गरेर बजारमा ल्याइसकेका छन् । सार्वजनिक भिडियो नक्षत्र फाउण्डेसनको प्रस्तुतीमा तयार भएको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई मुख्यमन्त्री आचार्यको निर्देशन
२०८३ श्रावण १८, सोमबार
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
२०८३ श्रावण १८, सोमबार
परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई सीआईबीको फन्दामा
२०८३ श्रावण १८, सोमबार
नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
२०८३ श्रावण १८, सोमबार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार