मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इटालीमा डुङ्गा डुब्दा मृत्यु हुने आप्रवासीको सङ्ख्या ४३ पुग्यो

८० जनालाई जीवितै उद्धार, ४३ जनाको समुद्री तटमा शव फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ४० भन्दा बढी आप्रवासीको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन्।

“अहिलेसम्म ८० जनालाई जीवितै उद्धार गरिएको छ, जसमध्ये केही डुबेपछि किनारामा पुग्न सफल भएका छन्,” तटरक्षक बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। “समुद्री तटमा ४३ जनाको शव फेला परेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

उद्धारकर्मीहरूले एएफपीलाई बताएअनुसार डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार थिए भने समाचार तयार पार्दासम्म करिब ५० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।

“बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन्। अझै धेरै समुद्रमा हराइरहेका छन्,” क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भन्नुभयो। यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ।

इटालियन सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा बिहानै डुङ्गा डुबेको थियो। रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार