मंग्सिर १, २०८२ सोमबार November 17, 2025

काठमाडौँ–रक्सौल रेलमार्ग अध्ययन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ । चीनसँगको रेलमार्ग अध्ययनका लागिप्रक्रिया अगाढि बढिरहेका बेला भारत सरकारसँग पनि रेल ल्याउने विषयमा सम्झौता भएको छ ।

काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर समेत भएको छ ।

बिमेस्टेक सम्मेलनका लागि नेपाल आउनु भएका भारतीय प्रधानमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।

द्विपक्षीय सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवमधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हस्ताक्षर गर्नुभएकोछ ।

दुई देशबीच भएको सम्झौतामा काठमाडौँ–रक्सौल रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि प्राविधिक तथा प्रविधिको प्रयोगसमेत भारत सरकारका तर्फबाट हुने उल्लेख छ ।

सम्झौताअनुसार भारत सरकारले आफ्नै लगानीमा आफ्नै प्रविधिको प्रयोग गरेरउक्त रेलमार्गको अध्ययन गर्नेछ । रेलमार्ग काठमाडौँको चोभारसम्म ल्याइनेछ ।

प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्म गर्नुभएको भारत भ्रमणको क्रममा सो रेलमार्गनिर्माणका विषयमा भारतका प्रधानमन्त्री मोदी र भारतीय नेतृत्वबीच छलफल भएको थियो ।

दुवै देशका प्रधानमन्त्रीले यसअघि नै सैद्धान्तिक प्रतिबद्धता जनाइसकेको सोविषयलाई सहमतिले थप मार्ग प्रशस्त गरेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार