चैत्र २८, २०८२ शनिबार April 11, 2026

काठमाडौँ–रक्सौल रेलमार्ग अध्ययन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ । चीनसँगको रेलमार्ग अध्ययनका लागिप्रक्रिया अगाढि बढिरहेका बेला भारत सरकारसँग पनि रेल ल्याउने विषयमा सम्झौता भएको छ ।

काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर समेत भएको छ ।

बिमेस्टेक सम्मेलनका लागि नेपाल आउनु भएका भारतीय प्रधानमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।

द्विपक्षीय सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवमधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हस्ताक्षर गर्नुभएकोछ ।

दुई देशबीच भएको सम्झौतामा काठमाडौँ–रक्सौल रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि प्राविधिक तथा प्रविधिको प्रयोगसमेत भारत सरकारका तर्फबाट हुने उल्लेख छ ।

सम्झौताअनुसार भारत सरकारले आफ्नै लगानीमा आफ्नै प्रविधिको प्रयोग गरेरउक्त रेलमार्गको अध्ययन गर्नेछ । रेलमार्ग काठमाडौँको चोभारसम्म ल्याइनेछ ।

प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्म गर्नुभएको भारत भ्रमणको क्रममा सो रेलमार्गनिर्माणका विषयमा भारतका प्रधानमन्त्री मोदी र भारतीय नेतृत्वबीच छलफल भएको थियो ।

दुवै देशका प्रधानमन्त्रीले यसअघि नै सैद्धान्तिक प्रतिबद्धता जनाइसकेको सोविषयलाई सहमतिले थप मार्ग प्रशस्त गरेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँ महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने
२०८२ चैत्र २८, शनिबार
इजरायलको हितलाई प्राथमिकता दिन सकिदैन : इरान
२०८२ चैत्र २८, शनिबार
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
२०८२ चैत्र २८, शनिबार
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ : संयोजक दाहाल
२०८२ चैत्र २८, शनिबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
२०८२ चैत्र २८, शनिबार
लेँक लागेर बिरामी भएका ६ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण
२०८२ चैत्र २८, शनिबार
लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई
२०८२ चैत्र २८, शनिबार