असार २३, २०८२ सोमबार July 7, 2025

नाइजेरियामा अपहरणमा परेका १४ जनाको उद्धार

उद्धारका क्रममा भएको सुरक्षा कारबाहीमा परेर एकजना अपहरणकारीको ज्यान गएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए ।

बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइजेरियाली सुरक्षा फौजले उनीहरुलाई उद्धार गरेको समाचारमा जनाइएको हो ।

नाइजेरियाका बोको हराम आतङ्ककारी समूहको प्रभाव रहेको बताइएको छ । ती १४ जनालाई पनि उनीहरुले नै अपहरण गरेर लगी बन्दक बनाएका प्रहरीको भनाई छ ।

Nigerian troops rescue 14 kidnapped civilians in northern state - Daily  News Egypt

सो क्षेत्रमा नाइजेरियाली संयुक्त सुरक्षा फौजले केही महिनादेखि सशक्त कारबाही अघि बढाएको छ । त्यसै क्रममा उनीहरुलाई अपहरणमुक्त गरेको बताइएको छ ।

नाइजेरियाको कादुना राज्यका प्रहरी प्रमुखले सो कुराको जानकारी दिएका छन् । उनले ती १४ जनालाई कहिले उद्धार गरिएको हो भन्ने बारेमा भने जानकारी दिएका छैनन् । उनीहरुको उद्धारका क्रममा भएको सुरक्षा कारबाहीमा परेर एकजना अपहरणकारीको ज्यान गएको र अरु केही भागेका उनले जनाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार