बैसाख २०, २०८३ आइतबार May 3, 2026

वैशाख २५ पछि लक डाउन केही खुकुलो हुने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लक डाउन केही खुकुलो हुने संकेत गरेका छन्।

शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लक डाउन खुकुलो हुने संकेत गरेका छन। सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लक डाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताएका छन।

कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताएका छन। कारोनाका कारण दिर्घरोगी र अन्य विरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै विरामीहरुलाई अस्पतालसम्म लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताएका छन।

‘बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजिकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्‍याउनुपर्छ । कोरोना कोरोना भनेकै कारण दिर्घरोगी अस्पतालको सेवाबाट बञ्चित हुने, लक डाउनका कारण घरमा विरामी भएन भने अस्पतालसम्म पुर्‍याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकिकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।’

मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको र्‍यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताएका छन। सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्‍याउन आदेश जारी गरेपछि सरकारले घर पुर्‍याउने नीति अवलम्बन गरेको उनले बताएका छन।

बाटोमा अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित घर पुर्‍याइएको र आरडिटी परीक्षण जारी रहेको उनले बताएका छन। मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार